• Sunday 4th of October 2026

मोबाइल बैंकिङ र ई-सेवा अवरुद्ध, यस्तो छ कारण ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आज मोबाइल बैकिङ र ई-सेवामा समस्या देखिएको छ । मोबाइल बैंकिङ र ई-सेवामा कारोबार भइरहेको छैन् । केही युजरको मोबाइलमा डिजिटल पेमेन्ट गेटवे लगइन भइरहेको छैन । लगइन भइरहेकोमा पनि कारोबार गर्न मिलेको छैन ।

ई-सेवाले आफ्नो आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या आएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलिराम पोख्रेलले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) मा समस्या आएकाले मोबाइल बैंकिङ र पेमेन्ट गेटवेहरू नचलेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖