• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इन्डिगो एयरलाइन्सको उडान ढिलो भएपछि पाइलटमाथि यात्रुले गरे कुटपिट


  • धनकुटा खबर
  • .

इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा देखिए अनुसार पाइलटले विमान उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हानेका थिए । यसपछि एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फिर्ता लैजान्छन्। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्– ‘उडान चाहन्छौ भने उडाऊ, नत्र ढोका खोलेर जान देउ ।’

भिडियोमा एउटी महिलाको आवाज सुनिएको छ– ‘तिमीले जे गर्यौ त्यो गलत हो ।’ यो भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो।समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ ।

आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र शून्य दृश्यताका कारण धेरै उडानहरू ढिलो उडेका थिए। धेरै रुट परिवर्तन भएका थिए भने धेरै रद्द भए ।हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार आइतबार खराब मौसमका कारण ४०० उडान ढिला भएको थियो, १० उडान डाइभर्ट गरिएको थियो र २० उडान रद्द गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖