• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भाडामा बसेका देउवा भोलि बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ गर्ने भएका छन् । करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा भोलि (बुधबार) बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा देउवा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवा धुम्बाराहीको भाडाको घर छोड्न लागेको छन् ।

भानुले भने, ‘धुम्बाराहीबाट भोलि सर्दै छौँ । बुढानीलकण्ठमा मर्मतको काम सकिएपछि भोलि सर्नै लागिएको हो ।’ छोरोको बिहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । देउवाका छोरा जयवीरसिंहले यही माघ २१ गते शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको बुझिएको छ । उनका अनुसार इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।

काठमाडौंमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖