• Sunday 4th of October 2026

अब अनुहार र फिंगरप्रिन्टले हैन श्वासले खुल्नेछ फोन !


  • धनकुटा खबर
  • .

जब स्मार्टफोनमा फेस अनलक तथा फिंगरप्रिन्ट जस्ता फिचर्स आए, त्यसबेला दाबी गरिएको थियो कि यी सेक्योरिटी फिचरलाई कसैले तोडमोड गर्न सक्दैन । तर, समयक्रमसँगै अनुहार तथा फिंगरप्रिन्ट अनलक पनि कमजोर साबित भयो ।

कसैले अनुहारको साटो फोटो देखाएर फोन अनलक गरे त कसैले सुतेको मानिसको औंठाछापबाट फोन अनलक गरे ।

अन्ततः अब यी सबै सेक्योरिटी फिचरलाई माथ खुवाउने नयाँ सिस्टम आएको छ । छिटै अब तपाईंले श्वास फेरेरै आफ्नो फोनलाई अनलक्ड गर्न सक्नुहुन्छ । यसको एउटा ठूलो फाइदा के हुनेछ भने अब मरेको मानिसको फोन अनलक्ड गर्न सकिने छैन, जुन फिंगरप्रिन्टको मामिलामा सम्भव थियो ।

चेन्नइस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले एक प्रयोग पश्चात् यस्तो दाबी गरेको छ ।

शोधकर्ताका अनुसार एयर प्रेसर सेन्सरका लागि संकलित श्वासप्रश्वासका डेटाबाट उक्त प्रयोग गरिएको थियो । उनीहरुको प्रयोगको उद्देश्य उक्त डेटाको सहयोगमा एउटा एआई मोडेल तयार गर्नु थियो ।

शोधकर्ता टोलीका अनुसार उनीहरुले तयार पारेको सो एआई मोडेलले एकपटक कुनै पनि मानिसको श्वासको डेटा विश्लेषण गर्‍यो भने उक्त श्वास सम्बन्धित व्यक्तिको भए नभएको कुरा ९७ प्रतिशत सटिकताका साथ बताउन सक्दछ ।

उक्त एआई मोडेलले मानिसको नाक, मुख तथा गलाबाट श्वासभित्र जाँदा जुन कम्पन पैदा हुन्छ त्यसको ढाँचालाई राम्रोसँग पहिचान गर्न सक्दछ ।

स्मरण रहोस् हरेक मानिसमा श्वास लिंदा उत्पन्न हुने कम्पन (टर्बलेन्स) फरकफरक हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖