काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनले आफ्ना अनुयायीहरूलाई भेट्न बन्द गरेका छन्। कारागार चलान भएको केहि दिन बम्जनले अनुयायीहरूलाई भेटेपनि अहिले भने अनुयायीहरू भेट्न बन्द गरेका हुन्।
बम्जनले आफ्ना अनुयायीहरूलाई भेट्न बन्द गरेको कारागार कार्यालय महोत्तरी निकट श्रोतले जनाएको छ। बताइएअनुसार बम्जनले पछिल्लो केहि दिन अनुयायीहरूलाई भेटेपनि बम्जनले अहिले कसैसंग भेटेका छैनन्।
सुरुका केही दिन अनुयायी बताउनेहरु कारागारमा बम्जनलाई भेट्न निकै आउने गरेका थिए । अहिले त्यति आउँदैनन् । सोमबार बम्जनले श्रीमतीसँगै कारागारमा भेट्न पुगेका मानव अधिकारकर्मी र आफ्नो वकिलसँग भेट गरेका छन्।
जेल प्रशासनका एक अधिकारी भन्छन्,” बम्जनलाई भेट्न सुरुको ४–५ दिन अनुयायीहरूको भिड लागेको थियो । तर, पछिल्लो समय उहाँ सवैसँग भेट्न इन्कार गरिरहनु भएको छ। अहिले कसैसँग भेट्नुहुन्न”
जलेश्वर कारागारका ५ सय ९३ जना कैदीबन्दी छ्न्। बम्जन जेलमा रहेका अन्य कैदीहरुसंग खासै बोल्दैनन्। उनी धेरै जसो टेलिभिजन हेरेर समय व्यतित गर्छन्।
एको साता देखि ‘तपस्वी’ राम बहादुर बम्जन कारागारमा छन्। जिल्ला अदालत सर्लाहीले बम्जनलाई बिहिबार पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।
बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोग छ। त्यस्तै उनी माथि पछिल्लो पटक थप दुई उजुरी पनि थप भएको थियो।
