• Monday 5th of October 2026

रहेनन् सपना भुलाइ सारा…का गायक योगेश वैद्य


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ५ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ ।

उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिउँसो स्वास्थ्यमा समस्या देखिएका उनलाई राति स्वास्थ्यमा थप समस्य देखिएपछि भ्याली अस्पताल लैजाने क्रममै उनको निधन भएको हो ।

गायक वैद्य ७७ वर्षका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖