• Tuesday 6th of October 2026

नेपालकाे सगरमाथालाई भारतको भनेर प्रचार गरेपछि विवादमा तानीयाे चर्चित भारतीय टेलिसिरियल


  • धनकुटा खबर
  • .

इटहरी । एक भारतीय टेलिसिरियलमा नेपालमा रहेको विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार गरिएको छ।भारतीय टेलिभिजन जी टीभीमा प्रसारण हुने ‘कैसे मुझे तुम मिल गए’ नामको टेलिसिरियलमा सगरमाथालाई भारतको भनेर भ्रम छरिएको हो।

सिरियलको नयाँ एपिसोडमा एक महिलाले युवकलाई सामान्य ज्ञानको प्रश्न सोधेकी छन्, ‘भारतको सबैभन्दा अग्लो पहाडको नाम के हो?’जवाफमा ती युवकले भनेका छन्, ‘माउन्ट एभरेस्ट (सगरमाथा)।’जसलाई सही उत्तर मानेर सिरियलमा सहभागीहरूले ताली बजाउँछन् । यसमा नेपाल सरकारको ध्यान जानुपर्ने होइन?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖