• Friday 9th of October 2026

न्युजिल्यान्डविरुद्ध पहिलो पावर प्लेमा नेपाल विकेटविहीन


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध बलिङ गरिरहेको नेपाल सुरुआती १० ओभरसम्म विकेटविहीन छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको पहिलो पावर प्लेमा नेपाल विकेटविहीन बनेको हो ।

नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्यान्डका ओपनरद्वय टस जोनस ३० र लुक वाटसन १४ रन बनाएर खेलिरहेका छन् ।

नेपाली टिमका कप्तान देव खनालले पहिलो पावर प्लेमा चार बलर प्रयोग गरे पनि कोही सफल भएनन् । पहिलो पावर प्लेमा गुल्सन झाले पाँच, आकाश चन्दले तीन र सुवास भण्डारी र दिपेश कँडेलले एक/एक ओभर बलिङ गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖