आइसिसी यू-१९ विश्वकपअन्तर्गत न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।
नेपालले २१ ओभरमा ५ विकेट गुमाइसकेको छ भने १०० रन जोडेको छ।
नेपालका ओपनर दीपक बोहरा पहिलो ओभरमै शून्यमा आउट भएका छन् भने आकास त्रिपाठीले २ रन मात्र जोड्न सके।
त्यसपछि कप्तान देव खनालले ३६ रन जोडेपछि नेपालको रन स्कोर बढेको थियो। उनी ३४ बलमा ५ चौका र १ छक्का प्रहारगर्दै १६औं ओभरको अन्तिम बलमा आउट भए। लगत्तै अर्को ओभरमा उत्तम थापा खाता नै नखोली पेभिलियन फर्के।
यस्तै गुल्सन झा २०.२ ओभरमा २ रनमा आउट भएका छन्।
अहिले ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल र दिपक बोहरा ब्याटिङ गरिरहेका छन्।
