• Monday 5th of October 2026

सामसङले सार्वजनिक गर्‍यो ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज, मूल्य कति?


  • धनकुटा खबर
  • .

सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्।

ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको उनीहरूले सार्वजनिक गरेका हुन्।

कार्यक्रममा निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस २४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआईको साथ हामी अल्ट्रा–पर्सनालाइज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौं। हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ। आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाबिना छैन।’

ग्यालेक्सी एस २४ सिरिजले नेटिभ कल एपभित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा बताइएको थियो।

ग्यालेक्सी एस २४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरूको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउने कम्पनीको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖