• Tuesday 6th of October 2026

साम्राज्ञीको अस्तित्वको प्रमाण


  • धनकुटा खबर
  • .

काठमाडौं- कलाकारको जीवन पनि अस्थायी हुने । कहिले महिना दिनमा हाईपमा आउने त कहिले वषैंसम्म गुमनाम हुने । एक समयको व्यस्तता अर्को साँको फुर्सद दुबै स्विकार्न पर्ने ।

अरु कलाकारलाई फाईदा नै भएको कोरोनाकाल साम्राज्ञी आरएल शाहलाइ भने घाटाको व्यापार भयो । उक्त समय डुबेको उनको करियर अझैमाथि उठ्न सकेन । एकाध फिल्ममा काम गरिरहेकी उनी गुमनाम जस्तै छिन् ।

तर आफ्नो गुमनाम अवस्थाबारे उनी चैँ सचेत छिन् जस्तो देखियो । होइन भने त कलाकार काम नहुँदा पनि स्कृप्ट हेर्दै बसेको, चुजी भएको भन्दै गफ दिन्छन् । उनले यसो भनिनन् ।

हालैमात्रै सामाजिक सन्जालमा उनले एक पोस्ट हालेकी छिन् । जहाँ उनले तस्विरसहित अंगे्रजीमा अस्तित्वको प्रमाण (प्रुफ

एक्जिस्टेन्स) लेखेकी छिन् ।
समुन्द्र तटमा कालो जाली पहिरनमा पोज दिँदै गरेका तस्विरसहित उनले यो क्याप्सन किन राखिन त ? उनी हराएको हल्ला चल्न थालेको छ इन्डस्ट्रीमा । सम्भवत यसैको जवाफ हुन पर्छ । म अहिले नै हराएको छैन है भन्न खोजेको हुन पर्छ । हैन भने अचानक यस्तो पोस्ट किन राख्न पर्थ्यो होला र ! कि के हो साम्राज्ञी जी ?

प्रतिकृया दिनुहोस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖