• Friday 9th of October 2026

नेपालले भारत विरुद्ध टस हार्यो


  • धनकुटा खबर
  • .

आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपाललेभारतविरुद्ध टस हारेको छ । भारतका कप्तान उदय सहरानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

कप्तान देव खनालले टोलीमा ३ परिवर्तन गरेका छन् । ओपनर बिपिन रावल, ब्याटर आकाश त्रिपाठी र अलराउण्डर दिपक बोहराको स्थानमा आज ओपनिङ्ग ब्याटर दीपक बोहोरा, उत्तम थापा मगर र दिपक डुम्रे टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ :
अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापा मगर, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक डुम्रे, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो ।

नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो ।

भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुबै खेलमा जित हात पार्न सफल भएको छ । नेपालले सन् २००० मा ८ विकेटले र २०१६ मा ७ विकेटले हार बेहोरेको थियो ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । भारत र पाकिस्तानको समान ६ अंक रहेको छ । बंगलादेश ४ र न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्ड अंक विहिन छन् ।

दोस्रो समूहमा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ ।वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ४ तथा श्रीलंका र इंग्ल्यान्डको समान २ अंक छ । जिम्बाब्वेको भने ३ खेलमा अंक छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖