• Tuesday 6th of October 2026

एनिमलका निर्देशकलाई कंगनाले भनिन्, म तपाईँको फिल्म खेल्दिनँ


  • धनकुटा खबर
  • .

मुम्बइ – बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् ।

उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएको समाचार स्रोत दैनिक भाष्करले जनाएको छ ।

यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन् ।

आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।

सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्– ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’

कंगनाले थप लेखेकी छिन्, ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्नेछन् । तपाईंले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ।’

सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनी कहाँ गएर कथा सुनाउनेछु। क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन। म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖