• Monday 5th of October 2026

काठमाडौंमा एआई फिचरका सिसिटिभी क्यामरा जडान


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन्।

एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको हो।

महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो।
यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ।

यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपिआर (सवारी साधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖