• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्डसका दुवै ओपनर आउट


  • धनकुटा खबर
  • .

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सको दुई विकेट लिएको छ।

त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले दोस्रो विकेटमा नेदरल्याण्ड्सका म्याक्स ओ डडलाई आउट गरेको छ।

उनलाई ५.६ ओभरमा ललितनारायण राजवंशीको बलिङमा भीम सार्कीले क्याच आउट गरे।

उनले २१ बल खेलेर १० रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए।
उनको बलिङमा नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिट शून्य रनमै देव खनालबाट क्याच आउट भएका थिए।

९ ओभरको खेल सकिँदा नेदरल्याण्ड्स २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा नेपालको प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖