• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गर्दै कुशल भुर्तेल र आसिफ शेख


  • धनकुटा खबर
  • .

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।

त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई जीतका लागि १३८ रनको दिएको लक्ष्य दिएको हो। ३९ ओभरमा सबै विकेटको गुमाएर नेदरल्याण्ड्सले १३७ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्न नेपालका कुशल भुर्तेल र आसिफ शेख ओपनरका रुपमा आएका छन्।

यस अगाडि टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओ’डाउडले १०/१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖