काठमाडौं । जर्मन विश्व विजेता एन्ड्रियास ब्रेहमको ६३ वर्षको उमेरमा निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने एन्ड्रियासको ६३ वर्षको उमेरमा निधन भएको हो ।
आक्रमक डिफेन्डरको छवि बनाएका उनलाई डेड बल विशेषज्ञ समेत भनिन्थ्यो । तत्कालिन जर्मन फुटबलमा उनी लिजेण्ड बनेका थिए । उनकै गोलमा रोममा भएको विश्वकप फाइनलमा डिएगो माराडोनाको अर्जेन्टिनालाई जर्मनीले १–० ले हराएको थियो ।
ब्रेहमले बायर्न म्युनिख र इन्टर मिलानबाट ब्यवसायी फुटबल खेलेका थिए । उनले इन्टरबाट यूईएफए कप, सिरि ए र इटालियन सुपर कपको उपाधि जितेका थिए ।
उनको निधनमा इन्टरले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा कालो आर्मब्यान्ड लगाउने भएको छ । ब्रेहमले जर्मनीबाट ८६ क्याप खेल्दै ८ गोल गरे । जसमा सन् १९९० को फाइनल खेलको निर्णायक गोल समेत रहेको छ ।
