आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाइसकेको छ।
नेपालले सातौं ओभरमा दुई विकेट गुमाएको हो। ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए। दुई बलपछि अनिल साह शून्यमा क्याच भए।
दुवैको विकेट नामिबियाका बर्नाल्डो स्कोल्जले लिए। नेपालले दुई विकेट गुमाउँदा ३८ रन जोडेको थियो।
नेपालले जारी सिरिजको तेस्रो खेल खेल्न लागेको हो भने नामिबियासँग सिरिजको दोस्रो भिडन्त हो।
