• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको हो । नामिबियाका निकोलास डाभिनलाई नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले रनआउट गरे ।

जारी खेलको तीन ओभरको समाप्तीमा नामिबियाले एक विकेट गुमाएर १३ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖