• Wednesday 7th of October 2026

रुसको दोस्रो ए–५० जासूस विमान खसालेको युक्रेनको दाबी


  • धनकुटा खबर
  • .

एजेन्सी – युक्रेनले रुसको ए–५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ ।

एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनको दाबी छ । पछिल्लो पटक रुसको रोस्तोभ–अन–डोन र क्रास्नोडारको बीचमा ध्वस्त भएको युक्रेनी सैन्य निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

विमानका टुक्राहरू पनि फेला परेको छ । साथै त्यहाँ लागेको ठूलो आगो आकस्मिक सेवाहरुले निभाएको खबरमा उल्लेख छ । जासूस विमान युक्रेनले खसालेको दाबीमा रुसले कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनले यसअघि गएको जनवरी १४ तारिखमा ए–५० विमानलाई खसालेको दाबी गरेको थियो ।

रुसले पूर्ण रुपमा युक्रेनमा आक्रमण गरेको आज दुई वर्ष पूरा भएको छ । रूसले सन् २०२२ फेब्रुअरी २४ तारिखमा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको थियो । यसैबीच अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो ।

रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖