• Tuesday 6th of October 2026

समस्यामा महाभारतका ‘श्रीकृष्ण’, पूर्वपत्नी बेच्न चाहन्छिन् उनको सम्पत्ति


  • धनकुटा खबर
  • .

मुम्बई । चिर्चित शृङ्खला महाभारतमा भगवान् श्रीकृष्णको भूमिका निभाउने नितिश भारद्वाजले सन् २०२२ मा पत्नी स्मितासँग सम्बन्ध विच्छेद गरेका थिए । दुई जनाको सन्तानको रुपमा दुई छोरी छन् ।

गत २३ फेब्रुअरीमा स्मिताले नितिशको सम्पत्ति बेच्नका लागि मुम्बईको पारिवारिक अदालतको ढोका ढकढकाएकी छन् । अदालतको आदेशका बाबजुद नितिशले आफ्नो छोरीहरू हुर्काउन एक रुपैयाँ पनि नदिएको उनको आरोप छ ।

यता नितिशले आईएएस अफिसरसमेत रहेकी आफ्नी पूर्वपत्नी स्मितामाथि मानसिक यातनाको आरोप लगाएका थिए । स्मिताले आफ्नो छोरीहरूलाई भेट्न समेत नदिएको नितिशको आरोप थियो । यसैबिच स्मिताले आफ्नो पूर्वपतिको सम्पत्ति बिक्री गर्न चाहेको समाचार बाहिरिएको छ ।

उनले सम्बन्ध विच्छेदपछि सम्पत्तिको हिस्सा माग गरेकी छन् । अदालतले बच्चाहरू हुर्काउन नितिशलाई हरेक महिना १०–१० हजार रुपैयाँ दिनुपर्ने आदेश गरेको थियो । तर, नितिशले यस्तो नगरेको उनले आरोप लगाएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖