• Tuesday 6th of October 2026

अम्बानीको बिहेमा शाहरुखले गरेको मजाकमा भयो बबाल


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको तीन दिनसम्म चलेको प्रि–वेडिङ सेलिब्रेशनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबिच एउटा शाहरुख खानको एउटा भिडियो सार्वजनिक भएको छ ।

यो भिडियोका कारण सामाजिक सञ्जालमा बबाल मच्चिएको छ । भिडियोमो शाहरुखले साउथका सुपरस्टार राम चरणलाई ‘इडली राम चरण’ भन्दै सम्बोधन गरेको सुनिन्छ । सामाजिक सञ्जालमा शाहरुखको यो टिप्पणीको निकै आलोचना भइरहेको छ ।

नाटु नाटुको हुक स्टेप सिक्न स्टेजमा बोलाइएको थियो राम चरणलाई

यो भिडियो प्रि–वेडिङको दोस्रो दिनको थियो । उक्त दिन शाहरुख, सलमान र आमिर तीनै खान एक साथ स्टेजमा परफॉर्म गरिरहेका थिए । तीनैजनाले पहिले ट्रिपल आरको नाटु नाटु गीतको हुक स्टेपमा नाच्ने कोशिश गरे । त्यसपछि यो स्टेप सिकाउन भनेर शाहरुखले रामचरणलाई स्टेजमा बोलाएर । यति बेला शाहरुखले माइकमा मजाक गर्दै ‘नरकुण्डा नारचप्पा इन्डवन्दिनी भेण्ड इडली राम चरण कम हियर’ भनेका थिए । यो भिडियो भाइरल बनेपछि रामचरणका मेकअप आर्टिस्ट जेबा हसनले यो भिडियो शेयर गर्दै आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

यो अति अपमानजनक भयो –जेब

भाइरल भिडियोमा कमेन्ट गर्दै जेबाले लेखेकी छन्, ‘म शाहरुखको ठूलो फ्यान हुँ तर उनले स्टेजमा जसरी रामचरणलाई बोलाए त्यो मलाई पटक्कै मन परेन ।’ ‘भेन्ड इडली वडा राम चरण, तिमी कहाँ छौ ?’ यो सुनेर म बाहिर निस्किए । रामचरण जस्ता स्टारका लागि यो निकै अपमानजनक थियो ।’ आफ्नो इन्स्टाग्राम अकाउन्टमा जेबाले एउटा स्टोरी शेयर गर्दै लेखेकी छिन् । यो भिडियो भाइरल भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा धमाधम आफ्नो प्रतिक्रिया दिइरहेका छन् । कतिपयले शाहरुखले यस्तो भन्नै नहुने बताइरहेका छने भने कोही रामचरणको मेकअप आर्टिस्टले यस्तो भन्दै मुद्दा बनाएर लोकप्रियता कमाउन खोजेको आरोप लगाइरहेका छन् ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङमा बलिउडका तीनै खानलेसँगै प्रस्तुति दिएका थिए । तीनै जनाले ट्रिपल आर फिल्मको ओस्कार जित्न सफल गीत ‘नाटु–नाटु’मा नाच्दै गरेको देखिए । यस क्रममा सलमान खानले आफ्नो सिग्नेचर डान्स मूभ पनि देखाएका थिए । यसबाहेक रणवीर सिंह र दीपिका पादुकोणले पनि सँगै डान्स गरेका थिए । कार्यक्रममा चर्चित डिजाइनर मनिष मल्होत्राले खुशी कपूर, सारा अली खान र अनन्या पाण्डेसँग परफॉर्म गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖