• Tuesday 6th of October 2026

मलाई धेरै पटक मार्‍यो, तर पनि हिम्मत हारिनँ, उठेँ : नारी दिवसमा समिक्षाको वेदना


  • धनकुटा खबर
  • .

काठमाडौ । गायिका समीक्षा अधिकारीले अन्यायका बिरुद्ध लड्ने तागत सम्पुर्ण महिलाहरुमा आफैबाट आओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी हुन् । उनले पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएको बताइन् । साथै उनले आफूलाई धेरै पटक मारेको टिप्पणी गरिन् । त्यसबाट आफूले ठूलो शिक्षा प्राप्त गरेको उनको भनाई छ ।

‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहान-बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर, बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए।’

नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै उनले अन्याय, अत्याचार नसहन पनि आग्रह गरेकी छन् ।

‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्‍यो। धेरै पटक मार्‍यो। तर पनि उठेँ। हिम्मत हारिन्। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायकाबिरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरुमा आफैँबाट आवोस् भन्ने कामना–सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा–आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु,’ उनले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖