हङकङमा जारी मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले पहिलो विकेट गुमाएको छ।
शनिबार जारी खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको हो। उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको हो।
ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भएका हुन्।
निर्धारित २० ओभरको खेलमा हङकङले ६ विकेट गुमाएर २१२ रन बनाएको हो।
