• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

छैटौँ विकेटका रुपमा विवेक आउट, नेपाल दबाबमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ ।

नेपालले छैटौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको हो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका विवेक १० बलमा एक रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सोपरले सियाकाद्वारा क्याच गराएका हुन् । १२.४ ओभरमा विवेक आउट हुँदा नेपालले ७० रनमात्र बनाउन सकेको छ । ठूलो लक्ष्य पछ्याइरहेको नेपाली टोली छैटौँ विकेट खसेसँगै दबाबमा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖