• Wednesday 7th of October 2026

भूमध्यसागरमा डुङ्गाको इन्जिन फेल भएर फस्दा भोक र तिर्खाले ६० जनाको ज्यान गयो


  • धनकुटा खबर
  • .

एजेन्सी – भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गएको छ । डुङ्गामा रहेका २५ जना आप्रवासीलाई बचाइएको बीबीसीले जनाएको छ । उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो ।

उनीहरु गएको शुक्रवार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएका थिए । तीन दिनको यात्रापछि रबरको डुङ्गाको इन्जिन फेल भएको खबरमा उल्लेख छ । डुङ्गा समुद्रमा अड्किंदा उनीहरुसँग रहेको खाना र पानी सकिएपछि भोक र तिर्खाका कारण ६० जनाले ज्यान गुमाएका उद्धारका लागि त्यहाँ पुगेकाहरुले बताएका छन् ।

उनीहरु कसैको पनि पानीमा डुबेर ज्यान नगएको खबरमा उल्लेख छ । एसओएस मेडिटेरेनियनले दूरविनमार्फत समुद्रमा फसेको डुङ्गा देखेपछि उद्धारका लागि त्यहाँ पुगेको जनाएको छ । उद्धार गरिएकाहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖