• Monday 5th of October 2026

इन्स्टाग्राममा लुकेको छ यो गोप्य मोबाइल गेम


  • धनकुटा खबर
  • .

एजेन्सी । इन्स्टाग्राम एक लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। यसमा मानिसहरूले फोटो र भिडियो मात्र सेयर गर्दैनन्, यसले सन्देश र कल गर्ने सुविधा पनि प्रदान गर्दछ।

आजकल इन्सटाग्राममा रिलहरू पनि ठुलो सङ्ख्यामा देखिन्छन्। तर, यी सबैबाहेक इन्स्टाग्राममा खेल्ने एउटा गोप्य मोबाइल गेम पनि छ । यसलाई गोप्य भनिएको छ किनभने सामान्यतया, जबसम्म कसैले तपाईंलाई यसको बारेमा बताउँदैन वा तपाईंले गल्तीले यसलाई सुरु गर्नुहुन्न। तब सम्म यो खेल को अस्तित्वको बारेमा कुनै जानकारी हुँदैन।

यो गोप्य खेल डाइरेक्ट म्यासेजमा हुन्छ। यसको मतलब, यदि तपाईंले कसैलाई सन्देश पठाउनुभएको छ र तिनीहरूको जवाफको लागि पर्खिरहनु भएको छ भने, तपाईं सजिलैसँग यो पिङ-पोङ खेल खेल्न सक्नुहुन्छ।

इन्स्टाग्राममा लुकेको मिनी-गेम छ, जसमा डारेक्ट मेसेजमा पठाइएका इमोजीहरू पिङ-पोङ गेममा परिणत हुन्छन्। यो खेल खेल्नको लागि तपाईंले कुनै पनि डाइरेक्ट मयासेजमा इमोजी पठाउनु पर्छ। यसपछि उक्त इमोजीलाई एकपटक ट्याप गर्नुपर्नेछ। तपाईंले ट्याप गर्ने बित्तिकै, यो पिङ-पोङ खेल सुरु हुन्छ।

तपाईंले फेला पार्नु भएको कुनै पनि इमोजीमा ट्याप गरेर यो गेम खेल्न सक्नुहुन्छ। यसको मतलब प्रेषक र प्राप्तकर्ता दुवैले इमोजीमा ट्याप गर्ने बित्तिकै गेम खेल्न सक्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖