• Tuesday 6th of October 2026

विष्णु सापकोटालाई प्रश्न– एलिनासँगको सम्बन्धमा खटपटको हल्ला थियो नि ?


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिने भएकी छन् । आउँदो वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग एलिनाको विवाह हुन लागेको हो ।

“हाम्रो विवाह पक्का भएको हो । हामी विवाहको तयारीमा जुटिसकेका छौँ,” विष्णुले बाह्रखरीसँग भने, “अहिले म बागलुङमा छु । बागलुङबाटै विवाह हुनेछ ।” विष्णु बागलुङका हुन् । एलिनाको घर झापा हो ।

“हामीबीच कहिल्यै कुनै विषयमा असमझदारी भएको छैन । कति कुरा आए होला, तर त्यो हामीसँग सोधेर लेखिएको कुरा होइन,” बीचमा तपाईंहरूको सम्बन्धमा खटपट आएको भन्ने थियो नि, के हो भन्ने प्रश्नमा उनी भन्छन्, “अहिले पनि त्यो समयका समाचार हेर्ने हो भने जेनयुन मिडियाले लेखेका छैनन् । हामीसँग कुरा नगरी भ्रम फैलाउने काम केही मिडिया र युट्युबले गरेका छन् । त्यो भ्रम मात्रै थियो । त्यसमा सत्यता थिएन ।”

एलिना पछिल्लो समय रुचाइएकी गायिका हुन् । रेकर्डिङ र स्टेज दुवैमा सर्वाधिक ‘डिमान्डेड’मध्येकी कलाकार हुन् । अस्ट्रेलियामा बस्दै आएका विष्णु गीतकार हुन् ।

एलिनाका ‘धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘मिनरल वाटर, ‘के माया लाग्छ र ?’ लगायत दर्जनभन्दा धेरै गीत चर्चित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖