• Wednesday 7th of October 2026

नासाको रोभरले खिच्यो मङ्गल ग्रहको ३६० डिग्री फोटो


  • धनकुटा खबर
  • .

काठमाडौँ – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को क्युरियोसिटी मार्स रोभरले मङ्गल ग्रहको ३६० डिग्री फोटो खिचेको छ ।

रोभरले आफू रहेको उपत्यकाको ३६० डिग्री मनोरम दृश्य देखाएको हो । क्युरियोसिटी रोभर सन् २०१४ देखि माउन्ड शार्पको आधारमा अवस्थित छ भने गेडिज भ्यालिस च्यानल भनिने यो स्थान अरबौं वर्ष पहिले बनेको थियो।

उक्त तस्विर नासाको जेट प्रोपल्सन ल्याबोरेटरीको युट्युब पेजमा सेयर गरिएको छ। गेडिस भ्यालिस च्यानलमा ठूलो मात्रामा ढुङ्गा र अन्य भग्नावशेषहरू छन्।

मार्स क्युरियोसिटी रोभरको आधिकारिक एक्स पेजले मङ्गल ग्रहको ३६० डिग्री दृश्यलाई अनावरण गर्दै एउटा पोस्ट सेयर गरेको छ।

यसमा लेखिएको छ– यो ३६० डिग्री दृश्य पनोरमा गेडिस भ्यालिस च्यानलको हो। मङ्गल ग्रहको यस भागमा कुनै समय पानी बगेको वैज्ञानिकहरू विश्वास गर्छन्।

फेब्रुअरी १ ​​मा रोभरले १० तस्बिरहरू क्लिक गर्‍यो, जसलाई संयोजन गरेपछि यो ३६० डिग्रीको तस्बिर तयार भएको नासाले उल्लेख गरेको छ।

रोभरले देखेको माटोको चिरा परेको ढाँचाको विश्लेषण गरेपछि, गत वर्ष वैज्ञानिकहरूले मङ्गल ग्रहमा पनि कुनै समय पानी थियो, जुन वाष्पीकरण भएको निष्कर्षमा पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖