• Tuesday 6th of October 2026

यौन सम्पर्क अगाडि गरिने फोरप्ले के हो?


  • धनकुटा खबर
  • .

सेक्सका दौरान फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ। फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र सम्बन्धमा पनि प्रगाढता आउछ। सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ। सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ। यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ।

हतारमा शरीरको आवश्यकता पूरा गर्ने हिसाबले केही मिनेटमै स्खलित भएर विपरित दिशामा सुत्ने बानीले पत्नीमा सेक्सप्रति अरुची पैदा हुन सक्छ। त्यसैले सेक्सको भरपूर आनन्द उठाउन फोरप्ले आवश्यक हुन्छ।

फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ। अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन्। अर्थात् चाँडैनै उत्तेजित हुन्छन्। तर, महिलाहरु यसरी चाँडै उत्तेजित हुँदैंनन्। उनीहरुलाई उत्तेजित गर्न सही वातावरण, समय र कामक्रिडाको जरुरत हुन्छ।

महिलालाई उत्तेजित गर्न फोरप्ले जरुरी पर्छ। फोरप्लेमार्फत् महिलाको यौनांग या शरीरलाई छोएर, चलाएर वा चुम्बन गरेर महिलामा सेक्सको चेतना भरपूर मात्रामा जागृत गर्न सकिन्छ। जो पुरुष सेक्सका दौरान फोरप्ले गर्छन्, महिलाहरु उनीहरुलाई आफ्नो आलिंगनबाट बाहिर जान दिदैंनन्। पुरुषले चाहने हो भने महिलालाई फोरप्लेमार्फत् नै चरम उत्तेजना दिन सक्छ।

सेक्सपछि अर्कोपट्टि फर्केर सुत्ने पुरुषलाई महिलाहरु मन पराउदैंनन्। सेक्सपछि पनि महिलाहरु पुरुषको साथ र सामिप्य चाहन्छन्। महिलाको सेक्स चेतना निकै भावनात्मक र गहिरो हुन्छ। महिलाहरु चाहन्छन् कि, सेक्सपछि पनि उनीहरुका पुरुष साथी सदा आफूहरुको साथ होउन् । यसबाट उनीहरुलाई चरम सन्तुष्टि मिल्छ। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖