• Wednesday 7th of October 2026

ताइवानमा भूकम्प : मृत्यु हुनेको संख्या सात पुग्यो, ७३६ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । ताइवानमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको भूकम्पका कारण भौतिक संरचना भत्किदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार घाइते हुनेको संख्या ७३६ पुगेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

भत्केका संरचनाहरूमा अझै ७७ जना फसेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । बुधबार बिहान ताइवानमा आएको भूकम्प २५ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖