• Tuesday 6th of October 2026

गर्मी मौसममा जान्नुहोस् दुध र मह मिसाएर खानुका फाइदा


  • धनकुटा खबर
  • .

अब गर्मी मौसम सुरु भएको छ । यस्तोमा सबैलाई चिसो चिज धेरै खान मन लाग्छ । साथमा चिसो मोही पनि धेरैलाई मन पर्छ । तर, मोहीमा मह मिसाएर खानुभयो भने त्यो स्वास्थ्यका लागि अझै धेरै फाइदाजनक हुन्छ ।

आज हामी मोहीमा मह मिसाएर पिउँदा हुने फाइदा बारे बताउनेछौं ।

मोहीमा मह मिसाएर पिउँदा हड्डीलाई स्वस्था राख्न सकिन्छ । यो मिश्रणमा भरपूर मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ ।

मोहीमा मह मिसाएर पिउँदा एसिडिटीको समस्याबाट पनि राहत दिन्छ । यसमा हुने तत्वहरु एसिडिटी कम गर्न सहयोगी हुन्छन् ।

डिहाइड्रेशनको समस्या छ भने मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसो गर्नाले शरीर हाइड्रेट रहन्छ ।

मह र मोहीमा पाइने तत्वले पाचनलाई पनि राम्रो बनाउँछ । जसले गर्दा पेटसँग जोडिएका समस्या कम हुन्छन् ।

शरीरबाट टक्सिन बाहिर निकाल्न पनि मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसले शरीरलाई डिटक्स गर्ने काम गर्छ ।

मोही र महमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट गुण हुन्छन् । यस्तोमा यो मिश्रणको सेवनले इम्यूनिटी बढाउँछ र रोग लाग्न दिँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖