• Tuesday 6th of October 2026

हस्तमैथुन स्वास्थ्यका लागि फाइदा जनक


  • धनकुटा खबर
  • .

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन भन्छौं। कुनै पनि समाजमा यही नै किशोरावस्थामा यौन सन्तुष्टि प्राप्त गर्न गरिने प्रमुख क्रियाकलाप हो। कतिपयले त पहिलो यौन चरमसुख यही विधिबाट पाएका छन्। किशोरावस्थामामा शिखरमा रहने यो यौन क्रियाकलाप बयस्क अवस्थाको उत्तरार्धमा आफैं कम भएर जान्छ।

पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्ने भए पनि महिलाहरूको तुलनामा पुरुषहरूमा यो क्रियाकलाप बढी पाइन्छ। प्रायः सबैजसोले जीवनमा कुनै न कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। धेरैले महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन् तर यथार्थ त्यस्तो छैन। महिलाको यौन जीवनमा पनि हस्तमैथुनको ठूलो भूमिका हुन्छ।sex 2

पुरुषले विशेषतः लिङ्गलाई हात अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छ भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ। उनिहरूले भगाङ्कुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै कि स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगाङ्कुरको महत्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख हो। योनिमा औंला पसाउनेबाहेक लिङ्ग आकारको वस्तु पनि पसाइन्छ। अहिले यौन प्रसाधनका रूपमा लिङ्गको स्वरूप जस्तो वस्तु बजारमा नपाइने होइनन् तर परापूर्वकालदेखि नै प्राकृतिक वस्तु वा अन्य घरायसी वस्तु प्रयोग हुने गरेको पाइन्छ।

के हस्तमैथुनले हानी गर्छ

तपाईंले किन यो प्रश्न गर्नु भयो थाहा भएन तर कतै यसले हानी गर्छ कि धेरैलाई चासो र चिन्ता हुन्छ। किशोरावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी हुने बेला बन्देज बढी छ। विवाह हुने उमेर पछाडि धकेलिएपछि यो यौन आनन्द पाउनेबाटो, यौन सम्पर्क गर्न पाउने उत्तम विकल्प हो।

यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराएर मात्र यौन आनन्द पाउँछ भन्ने होइन। सिद्वान्ततः संभोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानी हुँदैन र हस्तमैथुन गर्दा हानी हुन्छ भन्न मिल्दैन। यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्। यसले स्मरण शक्तिमा ह्रास आउने पनि होइन।

बरु फाइदा पो छ

हस्तमैथुनका सम्बन्धमा अनेक भ्रम भए पनि यसले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मदत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोग आदिबाट पनि जोगाउँछ। अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि जोगिन सकिन्छ। हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हिनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ। मानिसले बाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसकै आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ। त्यसैले यसमा सामाजिक मूल्यमान्यताको ठूलो हात हुन्छ। प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्यमान्यता ले यस्ता नकारात्मक असर देखाउँछन्।

बुझ्नु पर्ने कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी यस्ता कुनै हानी(नोक्सानी गर्दैन। अनावश्यक रूपमा चिन्ता गरे वा हिनताबोध गरे त्यसको नकारात्मक असर पर्न सक्छ। त्यसलाई आफ्नो मनबाट निकाल्न सक्नुपर्छ।

हस्तमैथुन बाट हुने ५ फाइदाहरु

हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ’
हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

हस्तमैथुनले चरम आनन्द दिन्छ’
हस्तमैथुनले सेक्स झैं मानिसलाइ चर’म आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

हस्तमैथुन सुरक्षित छ
हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

हस्तमैथुन प्राकृतिक प्रक्रिया हो
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन््र

हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ”

हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖