• Tuesday 6th of October 2026

सम्बन्ध विच्छेदको तेस्रो ठूलो कारण घुर्ने समस्या


  • धनकुटा खबर
  • .

घुर्ने समस्या अमेरिकामा सम्बन्ध विच्छेदको तेस्रो ठूलो कारण भएको पाइएको छ। पहिलो विवाहेत्तर सम्बन्ध र दोस्रो पैसा रहेको छ।

अमेरिकन मेडिसिन अफ स्लिप मेडसिनको सर्वे (एमएसडी)का अनुसार संसारमा लगभग ५७ प्रतिशत पुरुष र ४० प्रतिशत महिला घुर्ने समस्याबाट पिडित छन्। लगभग ४३ प्रतिशत कहिलेकाहिँ र २० प्रतिशत नियमित रुपमा घुर्छन्।

तथ्यांकका अनुसार संसारको ठूलो जनसंख्या घुर्ने समस्याबाट आजित छ। यसैका कारण २० प्रतिशत जोडीहरु घुर्ने समस्याका कारण अलग-अलग सुत्ने गर्छन्। जसले उनीहरुको यौनजीवनमा समस्या पार्ने देखिएको छ।

विश्वका ८० प्रतिशत मानिसहरु कि आफैं घुर्ने समस्याबाट पिडित छन्, कि घुर्ने पार्टनरसँग सुत्छन्। संसारमा जम्मा २० प्रतिशत त्यस्तो जोडी छन्, जसमा दुवैजना घुर्दैनन्।

साइकोलोजी टुडेको एक अध्ययनअनुसार २५ देखि ४० प्रतिशत विवाहित जोडी घुर्ने समस्या कारण नियमित रुपमा अलग-अलग सुत्न रुचाउँछन्। जसका कारण भावानात्मक तथा शारीरिक आत्मीयतामा कमी हुन जान्छ। नतिजा सम्बन्ध नै बिच्छेद हुने ठाउँमा पुगेर टुगिन्छ। जसको यौनजीवन पनि खराब हुन्छ।

यो अवस्थालाई स्लिप डिभोर्स भनिन्छ। जसमा जोडी पूरै अलग रहदैनन्। तर उनीहरुको भावनात्मक सम्बन्ध निकै हुन पुग्छ।

क्यालिफोर्निया युनिभर्सिटीमा न्युरोसाइन्स एन्ड साइकोलोजीका प्रोफेसर म्याथ्यु वाकर भन्छन्, ‘सा लिएपछि राम्रो र गहिरो निद्रा स्वस्थ जीवनको आधार हो। घुर्ने समस्याले सम्बन्धमा नकारात्मक असर त पर्छ नै, जब मानिसहरु यो भुल्छन् कि घुर्ने पार्टनर यसका लागि जिम्मेवार छैनन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖