• Wednesday 7th of October 2026

ड्रोन आक्रमणमा ६ रुसी विमान ध्वस्त भएको युक्रेनको दाबी


  • धनकुटा खबर
  • .

किएभ । युक्रेनले दक्षिणी रुसमा ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरूमा नराम्ररी क्षतिग्रस्त पुगेको दाबी गरेका हुन् ।

यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । स्रोतका अनुसार युक्रेनको युद्धमा प्रयोग भएका सुखोई–२७ र सुखोई–३४ विमान मोरोजोभस्क एयरबेसमा राखिएको थियो । युक्रेनको यो दाबीमा रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

बीबीसीले यी दाबीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ रहेको जनाएको छ। अर्कोतर्फ, रुसी अधिकारीहरूले युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा ४० भन्दा बढी ड्रोनले निशाना बनाइएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖