• Tuesday 6th of October 2026

बिहानीपख यौन सम्पर्क गर्दा हुन्छन् यति धेरै फाइदा


  • धनकुटा खबर
  • .

मानिसहरु रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन् साथै राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ?

जसले यौन सम्पर्कलाई यौन प्यास मेटाउन माध्यम मात्र ठान्छ, जसका लागि यो समय ठीक उपयुक्त लाग्ला । तर, यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाइदा पनि लिन चाहन्छ भने अबदेखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ ।

हालै बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक सोधले दावी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ, उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् ।

बिहान यौन सम्पर्क राख्नाका फाइदा
– नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त संचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा पनि कमी आउँछ ।

– यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै यी जोडीलाई मधुमेह रोग लाग्ने खतरा पनि निकै कम हुन्छ ।

– बिहान गरिने यौन सम्पर्कले माइग्रेन ९टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग० निको गर्नमा ठूलो मद्दत गर्छ ।

– अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सयजना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कन्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ, उसलाई शीघ्र पतनको समस्या निकै कम मात्रामा हुने गर्छ ।

– यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्टूोजेन तथा अर्को हार्मोनले अनुहारम चमक तथा निखार ल्याउँछ ।

– स्कूल अफ मेडिसियनका सोधकर्ताहरुको अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्यून रुपमा मात्र गर्छ ।

– यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टोरोनले हड्डी तथा मांशपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरासिस लाग्ने सम्भावना पनि न्यून हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖