• Wednesday 7th of October 2026

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन


  • धनकुटा खबर
  • .

लन्डन । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । ८ अप्रिलमा ९४ वर्षको उमेरमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले बताएको छ । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए ।

हिग्सको दृष्टि र कल्पनाले नै मानव जातिले यो ब्रम्हान्डबारे आफ्नो ज्ञान समृद्ध गर्न सकेको विश्वविद्यालयले बताएको छ । उनले गड पार्टिकल खोजेका थिए ।

यसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन मद्दत गरेको थियो ।सन् २०१३ मा हिग्स–बोसन सिद्धान्तको लागि उनले बेल्जियमका फ्रान्कोइस एङलर्टको साथमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका थिए ।

सन् १९६० को दशकमा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड कुन चिजले बनेको छ भनेर बुझाउने प्रयास गरे । यस प्रयासमा उनले भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तर खोजे । सन् २०१२ मा वैज्ञानिकहरूले यसलाई हिग्स बोसन नाम दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖