• Wednesday 7th of October 2026

सुटिङ गर्दा गर्दै अभिनेत्री सुजाता भिरबाट लडे पछि…


  • धनकुटा खबर
  • .

फिल्म । फिल्म `द्रौपदी´ सुटिङकाे क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् ।

डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

`एउटा अग्लाे ठाउँमा सुटिङ भइरहेकाे थियो ।एकाएक खुट्टा चिप्लिएर उनी लडिन्,´ निर्देशक आचार्यले भने,`अहिले उनको स्वास्थ्य स्थिति खतरामुक्त छ । गाह्रो भएमा काठमाडौँ पठाउनु पर्ला ।´

कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता `द्रौपदी´ का लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।

अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरूमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको भनिएको फिल्ममा आश्वीनी शाही,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली,रवि ओड ,सीता बौडेल ,सुरज अधिकारीलगायत कलाकार छन् ।झन्डै एक महिना अघिदेखि डोल्पा जिल्लाका विभिन्न स्थानमा सुटिङ भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖