• Wednesday 7th of October 2026

कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने


  • धनकुटा खबर
  • .

अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ। क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्। सन फिल्डको पार्कफिल्ड सेक्सनको जमिनमुनि हलचल भइरहेपनि त्यसले ठूलो भूकम्प आउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका हुन्।

वैज्ञानिकहरूका अनुसार जमिन मुनि फल्ट टुट्ने र जुट्ने प्रक्रियामा छन्। जसका कारण लगातार भूकम्पीय गतिविधि महसुस गरिँदैछ। हरेक २२ वर्षमा कम्पन्न हुन थाल्ने यो क्षेत्रमा सन् २००४ मा ठूलो भूकम्प आएको थियो।

फ्रन्टियर्स इन अर्थ साइन्समा प्रकाशित उक्त अध्ययन अनुसार अमेरिकामा कुनैपनि समय भूकम्प आउन सक्ने र यसको केन्द्र सन् २००४ मा आएको भूकम्पभन्दा फरक हुन सक्ने छ।

नेशनल इन्स्टिच्यूट अफ जियोफिजिक्स एन्ड भोल्क्यानोलोजीका निर्देशक लूका मालानीनिले भूकम्प कहिले आउँछ भन्ने विषयमा अहिले नै भन्न अप्ठेरो भइरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖