• Monday 5th of October 2026

चन्द्रमामा देखियो तीव्रगतिमा चक्कर लगाइरहेकाे रहस्यमयी यान, नासाले गर्याे यस्तो खुलासा


  • धनकुटा खबर
  • .

एजेन्सी । नासाको लुनर रिकोन्सेन्स अर्बिटर (एलआरओ)ले चन्द्रमाको फोटो खिचिरहेको छ। यो निरन्तर चन्द्रमाको वरिपरि घुमिरहेको छ। यसैबीच एलआरओले एउटा रहस्यमय कुरा देख्यो। जुन सर्फबोर्डजस्तै थियो। सर्फबोर्ड भनेको त्यो बोर्ड हो, जसमा मानिसहरु उभिएर समुद्रका छालहरुमा सवारी गर्छन्।

सुरुमा त्यो यूएफओ वा एलियन जहाज हो भन्ने अनुमान गरिएको थियो। यस्तो देखेर नासाका वैज्ञानिकहरु छक्क परे। किनकि नासाका वैज्ञानिकहरुले चन्द्रमाको वरिपरि यति लामो आकारको वस्तु कहिल्यै देखेका थिएनन्। त्यसपछि उनीहरुले एलआरओको तस्बिर जाँच्न थाले। त्यसपछि मार्च ५ र ६ मा उक्त वस्तुको थप फोटो खिचियो।

नासाका वैज्ञानिकहरुले उक्त रहस्यमय वस्तुको स्थानको गहन अध्ययन र अनुसन्धानपछि यो दक्षिण कोरियाको लुनार अर्बिटर डानुरी भएको पत्ता लागेको बताए। नासाको एलआरओ र कोरियाको डानुरी दुवै अन्तरिक्ष यान फरक–फरक कक्षमा सँगै घुमिरहेका थिए।

नासाको मेरिल्यान्डमा रहेको गोडार्ड स्पेस फ्लाइट सेन्टरका वैज्ञानिकहरुले एलआरओको क्यामेराको एक्सपोजर समय निकै छोटो रहेको बताएका छन्। यो मात्र ०.३३८ मिलिसेकेन्ड हो। जसका कारण एलआरओलाई फोटो खिच्न समस्या भएको थियो। तर, उनीहरुले डानुरीका धेरै फोटो खिचे। यो दक्षिण कोरियाको पहिलो अन्तरिक्ष यान थियो। जुन डिसेम्बर २०२२ मा चन्द्रमाको कक्षमा पुगेको थियो।

एलआरओ र डानुरीबीचको गति भिन्नता छ। दुवैको गतिमा करिब ११ हजार५०० किलोमिटर प्रतिघन्टाको अन्तर छ। त्यसैले एलआरओले फोटो खिच्दा सानो डानुरी अन्तरिक्ष यान विशाल एलियन जहाजजस्तो देखिन थाल्यो। डानुरी आफ्नो वास्तविक आकारभन्दा १० गुणा ठूलो देखिन्थ्यो। तीव्र गतिका कारण यो सर्फबोर्डजस्तो देखिन थाल्यो। जब कि डानुरी अन्तरिक्ष यान एक सर्फबोर्डजस्तै छैन। त्यो बक्सहरुजस्तै छन्। दुवै छेउमा सौर्य प्यानल जडान गरिएको छ।

वासिङ्टन युनिभर्सिटीका ग्रह विज्ञानका सहयोगी प्रोफेसर पल बायर्नले डानुरी सामान्य परिक्रमाजस्तै रहेको बताए। ‘तर, उच्च गतिका कारण यो सर्फबोर्डजस्तै एलआरओको क्यामेरामा कैद भयो’, उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖