• Tuesday 6th of October 2026

यी संकेत देखिए तपाईंलाई चाहिन्छ तत्काल सेक्स थेरापी, ढिला गरे हुन् सक्छ यौन जीवन बर्बाद !


  • धनकुटा खबर
  • .

आफ्नो पार्टनरसँग यौन इच्छा साझा गर्नु धेरै महत्त्वपूर्ण छ । किनकी सम्बन्ध तब मात्र टिक्छ जब दुई जनाले एकअर्काको मन नपर्ने कुरालाई जानेर समाधानका लागि काम गर्छन् ।

पहिलेको तुलनामा अहिले यौनको विषय दम्पतीबीच खुलेर चर्चा हुन्छ । तर यदि तपाईं आफ्नो पार्टनरसँग आफ्नो अपेक्षा र चिन्ताहरू खुलेर साझा गर्न सकिरहनु भएको छैन वा यौन समस्याको सामना गर्दै हुनुहुन्छ भने सेक्स थेरापी तपाईंका लागि जरुरी छ ।

सेक्स थेरापी के हो ? सेक्स थेरापी दिने व्यक्तिलाई कामुकतामा डिग्री भएको चिकित्सक भन्छन् । यी इजाजतपत्र प्राप्त चिकित्सकहरू, मनोवैज्ञानिकहरू वा यौन समस्याहरूमा काम गर्ने मनोचिकित्सकहरूले गर्छन् । इरेक्टाइल डिसफङ्क्शन, समयपूर्व वीर्य स्खलन, योनिनिस्मस र यौन आघात जस्ता कुराहरूबारे उपचार गरिन्छ ।

सेक्स थेरापी यौनइच्छा नहुँदा, उत्तेजनाको कमी, चरम सुख प्राप्त नहुने, सम्बन्ध कायम गर्दा दुखाइ हुने, लिंग उत्तेजित नहुने, यौनबारे गलत धारणा निर्माण हुँदा, यौन आघात, पार्टनरहरूबीच फरक यौन इच्छा हुँदा अनि पोर्न हेर्ने लत भएमा तपाईंका लागि थेपारी आवश्यक हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖