• Wednesday 7th of October 2026

इजरायल माथी हमला गरे पछि इरानले भन्यो, ‘अपराधको जवाफ’


  • धनकुटा खबर
  • .

तेहरान, २ बैशाख । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ ।

 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यसको जानकारी दएिको छ ।

 

इजरायलले तेहरानले आक्रमण सुरु गरेको बताएको केही समय पछि इरानले त्यसलाइ स्विकार गरेको हो ।

 

इजरायलले ड्रोनलाई आफ्नो आकाशमा पुग्न केही घण्टा लाग्ने बताएको छ।

 

सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि इरानवाट इजरायलमा आक्रमण गरेको हो ।

 

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने सियोनवादी संस्थाको अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गर्यौं,’ आईआरजीसीले एक विज्ञप्तिमा भन्यो, ‘अधिग्रहित क्षेत्रहरूमा विशिष्ट लक्ष्यहरू प्रहार गर्न दर्जनौं मिसाइल र ड्रोनहरू प्रयोग गरी अपरेसन गरिएको थियो।’

 

शनिबार टेलिभिजन सम्बोधनमा बोल्दै इजरायलको सेनाका प्रवक्ता ड्यानियल हगारीले भने, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित ड्रोनहरू पठाएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖