• Wednesday 7th of October 2026

क्रिश्चियनका लागि नाइजेरिया सबैभन्दा खतरानाक, १८ हजार बढी भत्काइयो चर्च


  • धनकुटा खबर
  • .

जोहानेसबर्ग, ३ बैशाख । अफ्रिकाका ५४ देशमध्ये आधाभन्दा बढीमा क्रिस्चियन धर्मालम्बीहरूले घातक संकट ब्योहोरिरहेको जनाइएको छ । 

 

फक्स न्यूजका अनसार अफ्रिकामा क्रिस्चियनहरूको अवस्था दयनिय हुदैँछ । मुख्यतः अफ्रिका महाद्वीपका २८ देशहरूमा क्रिश्चियन विश्वासीहरूलाई सताईएको, मारिएको र विस्थापित गराइएको छ । जसमध्ये नाइजेरियाको अवस्था सबैभन्दा खराब छ। 

 

मिसन समूह ओपन डोर्स यूएसले आफ्नो अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘सन २०२३ मा आफ्नो विश्वासका कारण मारिएका १० क्रिस्चियनहरूमध्ये नौ जना नाइजेरियामा थिए। यद्यपि यो संख्या बढी हुनसक्छ, किनभने धेरैको मृत्युको रिपोर्ट आउन सकेको छैन।’

 

‘नाइजेरिया क्रिश्चियन हुनको लागि पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो,’ ओपन डोर युएसका सीईओ रायन ब्राउनले भने । ‘लगभग ५ हजार क्रिस्चियनहरू २०२३ मा विश्वव्यापी रूपमा उनीहरूको विश्वासका लागि मारिएका छन, तीमध्ये ८२ प्रतिशत नाइजेरियाका मात्रै रहेका थिए,’ ब्राउनले भने ।

नाइजेरियाली अनुसन्धान समूह इन्टर सोसाइटी, इन्टरनेशनल सोसाइटी फर सिभिल लिबर्टीज एण्ड द रुल अफ लले नाइजेरियामा क्रिस्चियनहरूको हत्यालाई नरसंहार भनेर टिप्पणी गरेको छ । गत जनवरी २०२३ देखि जनवरी २०२४ को अन्त्यसम्म ८ हजार भन्दा बढी नाइजेरियाली इसाईहरूलाई मारिएको वा अपहरण गरिएको दाबी गरिएको छ। तीमध्ये अधिकांशलाई चक्कुले निर्मम रूपमा हत्या गरिएको थियो। 

 

इन्टर सोसाइटीका अनुसार सन् २००९ देखि २०२३ सम्म नाइजेरियामा मात्रै १८,५०० भन्दा बढी इसाईका चर्चहरू ध्वस्त गरिएका थिए । ‘र यो क्रम जारी रहेको छ,’ इन्टरसोसाइटीको एमेका उमेगबालासीले भनिन ।

 

त्यसैगरी, नाइजेरिया पछि क्रिश्चियनका लागि सबैभन्दा बढी खतरनाक देश उत्तर कोरिया हो । अध्ययन प्रतिबेदनका अनुसार त्यसपछि क्रमशः भारत, इरान, चीन, पाकिस्तान, इरिटेरा, अल्जेरिया, इन्डोनेसिया र अजरबैजान क्रिश्चियन धर्मालम्बीका लागि निकै खतरानाक मानिएका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖