कतिपय व्यक्तिलाई रातमा सुतेको बेला पसिना आउने गर्छ । त्यस्तो बच्चाहरुमा पनि देखिन्छ । यसका कैयौं कारणहरु हुन सक्छन् ।यदि गर्मी मौसममा वा कोठामा हावा नपसेर गर्मी भएर पसिना आएको छ भने त्यो स्वभाविक हो ।तर गर्मी नहुँदा पनि पसिना आउँछ भने यसले केही खतरनाक शारीरिक समस्याहरुको संकेत पनि गर्दछ ।
थाइराइडयदि तपाईंलाई सुतेको बेला एकदमै धेरै पसिना आउँछ भने यो थाइराइड बढ्नेतिर इसारा गरेको हुन सक्छ । किनकी धेरै पसिना आउनु हाइपरथाइराइडिज्मको प्रमुख लक्षण हो ।हर्मोनल असन्तुलनकतिपय व्यक्तिलाई हर्मोनल असन्तुलनले गर्दा पनि पसिना आउने गर्छ ।यसले मानिसको शारीरिक विकास पनि रोकिन सक्छ साथमा शरीर संवेदनशील हुन्छ ।मुटुको समस्याकतिपय अवस्थामा धेरै पसिना आउनु मुटु सम्बन्धी विमारीहरुको संकेत पनि हुन सक्छ । यदी रातमा सुतेको बेला आराम भएन वा मुटुतिर अप्ठ्यारो भयो भने पनि अत्यधिक पसीना आउने गर्छ ।नसासुतेको बेला धेरै पसिना आउनु नसा सम्बन्धी केही समस्याहरुतिर पनि संकेत गर्छ ।
यसले शरीरको तापक्रम बढ्छ र नसाहरु तिव्र गतिमा चल्न थाल्छन् ।यस्तो स्थितिमा मानिसलाई कतिपय अवस्थामा खुट्टाहरु काँप्ने जस्तो समस्या पनि हुन्छ ।ब्लड सुगरशरीरमा ब्लड सुगरको मात्रा कम हुँदा पनि सुतेको बेला अत्यधिक पसिना आउँछ ।
यस्तोमा सुत्नुअघि रगतमा ग्लूकोजको मात्रा स्थिर हुन्छ तर सुतेपछि अचानक यो कम हुँदै जान्छ ।पाचन तन्त्रकहिलेकाँही पाचन प्रक्रिया वा पाचन सम्बन्धी समस्या भएको बेला पनि रातमा पसिना आउने गर्छ । यस्तोमा खाना पचाउनका लागि मेटाबोलिज्मलाई सुतेको बेला पनि काम गर्नुपर्ने हुन्छ । तर यो प्रक्रिया सुस्त भयो भने पाचन प्रक्रियामा धेरै मेहनत लाग्छ । जसले गर्दा शरीरबाट पसिना पनि आउँछ ।
