• Wednesday 7th of October 2026

एलिनालाई सिन्दुर हाल्न अघिल्लै दिन जन्ति लिएर झापा पुगे बिष्णु सापकोटा


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित गायिका एलिना चौहान भोलि विवाह बन्धनमा बाँधिदैछिन् । बाग्लुङका विष्णु सापकोटासँग उनको लगनगाँठो कसिन लागेको हो ।

बिहे भोलि भए पनि बिष्णु सापकोटा आजै बाग्लुङबाट जन्ति लिएर झापा पुगिसकेका छन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् । अहिले उनीहरुको मेहन्दी समारोह भइरहेको बुझिएको छ । भोलि एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह हुने छ ।

सांगीतिक कार्यक्रमका लागि साइप्रस पुगेकी एलिना हिजो मात्रै फर्केकी हुन् । साइप्रस जानुअघि नै उनले विवाहका लागि लत्ता कपडा र गरगहनाको किनमेल गरिसकेकी थिइन् । विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् ।

एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गर्न लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖