• Wednesday 7th of October 2026

बुधबार विवाह गर्दै एलिना, जन्तीसहित निस्किए विष्णु


  • धनकुटा खबर
  • .

काठमाडौँ । चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।

विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजना हुँदैछ । साङ्गीतिक कार्यक्रम सिलसिलामा साइप्रस पुगेकी एलिना सोमबार नेपाल फर्किएकी छन् । मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । जसमा उनी निकै खुसी देखिएकी छन् ।

दुलाहा विष्णु सापकोटा भने एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार झापा तर्फ निस्किएका छन् । बुधबार विहानसम्म झापाको बिर्तामोड पुग्ने सापकोटाले बताए । सापकोटा दुलाहकै पहिरनमा सजिएर जन्तीसहित झापा हिँडेका हुन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖