• Wednesday 7th of October 2026

आज विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदैछिन् । बाग्लुङका विष्णु सापकोटासँग उनको लगनगाँठो कसिन लागेको हो । आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह हुँदैछ।

बिष्णु सापकोटा हिजै बाग्लुङबाट जन्ति लिएर झापा पुगिसकेका छन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो ।

विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गर्न लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖