• Wednesday 7th of October 2026

‘बल्छी ध्रुवे’ले ल्याए ‘निर्मोही’


  • धनकुटा खबर
  • .

काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक भएको छ । राजु सुनामको शब्द रहेको गीतमा एचबिएन किस्मतको सङ्गीत छ ।

गीतको भिडियोमा पनि कलाकार श्रेष्ठको अभिनय छ । अभिनयमा उनलाई मोडल पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् । भिडियोको छायाङ्कन अस्ट्रेलिया र काठमाडौँ भएको हो ।

सङ्गीतका विद्यार्थी समेत रहेका श्रेष्ठले बर्सेनि केही गीत ल्याउने गरेका छन् । गीत धेरैले रुचाउने उनले अपेक्षा गरेका छन् ।

भिडियोमा श्रेष्ठ र पूजनका अलावा रमेश श्रेष्ठ, राजु कार्की तथा बालकालकार आरोन श्रेष्ठ, समृद्धि श्रेष्ठको पनि अभिनय छ । भिडियो दीपेन्द्र तिमलसिनाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖