• Wednesday 7th of October 2026

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मनसरा’ को ट्रेलर बुधबार सार्बजनिक गरिएको हो । 

‘मनसरा’ मा दयाहाङराई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलगायतको प्रमुख भूमिका रहेको छ । 

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की रहेका छन् भने विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा तथा सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖