• Wednesday 7th of October 2026

शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा गएको भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ ।

हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको जापान टाइम्सको समाचारमा उल्लेख छ ।

भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रको धेरै भागमा महसुस गरिएको थियो ।

एनएचेको रिपोर्टमा भूकम्पले इकाटा परमाणु प्लान्टमा पनि कुनै समस्या नदेखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖